सोमवार, जेष्ठ ७, २०८१

बिग्रिएको दुधबरी बेच्ने टिपटप समोसा पसललाई २ लाख जरिवाना

काठमाडौं असोज १,
उपभोग गर्ने म्याद गुज्रिएर विग्रिएको दुधवरी बेच्ने टिपटप समोसा पसललाई आज २ लाख रुपैयाँ जरिवाना गरिएको छ । विग्रिएको दुधबरी बेचेको गुनासो गर्दै उपभोक्ताले महानगर प्रहरी बलमा गुनासो टिपाएसंगै महानगरले ‘प्राप्त सूचनाका आधारमा अनुगमन गर्दा फाटेका दुधमा मिठाइ बनाएको पाइएपछि कारवाही गरिएको हो ।

गुनासो आएपछि कृषि तथा पशुपंक्षी विभागका प्रमुख एवं निरीक्षण अधिकृत डा. अवधेश झा नेतृत्वको अनुगमन टोलीले गरेको अनुगनको क्रममा उचित तापक्रममा नराखेका कारण दुध फाटेको र त्यही फाटेका दुधमा मिठाइ बनाएको पाइएपछि करिब ५ किलोग्राम विग्रिएको मिठाइ उत्पादक आफैँलाई नष्ट गर्न लगाइएको जानकारी दिनुभयो ।

जरिवानासँगै मिठाइ पसलमा राखिने खानेकुरालाई तापक्रम मिलाएर भण्डारण तथा विक्री व्यवस्था मिलाउने, खानेकुराको गुणस्तर कायम गराउने, विग्रिएका सामग्री बजारमा पठाइएको भए फिर्ता ल्याएर नष्ट गर्ने निर्देशन दिनुको अलावा गुणस्तरहिन खाद्य पर्दाथ वीक्री वितरण गर्दै उपभोक्ताको स्वास्थ्यमाथि खेलवाद गरेका कारण जरिवाना गरिएको जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2023
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031