सोमवार, जेष्ठ ७, २०८१

सामान्य घटनाको रिसिइबी साँध्न यसरी भयो राजधानीको तीनकुनेस्थित दिव्य सःमिलमा ४ जनाको विभत्स हत्या

काठमाडौंको काँडाघारीका २३ वर्षीय सञ्जय भण्डारी पक्राउ

काठमाडौं भाद्र ३१,
राजधानीको गैह्रीगाउँस्थित दिव्य सःमिलमा गत शुक्रबार राति ११स्५५ बजे धारिलो हतियार प्रहार गरि एकै घरका ३ जनासहित ४ को भएको विभत्स हत्या प्रकरणका हत्यारा सिन्धुपाल्चोकको बाह्रबिसे९९ घर भई काठमाडौंको काँडाघारीमा बस्दै आएका २३ वर्षीय सञ्जय भण्डारीलाई पक्राउ गरि प्रहरीले आज साँझ सार्वजनिक गरेको छ।

मण्डारीलाइ घटनास्थलको सीसीटीभी फुटेजका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार बिहान काँडाघारी क्षेत्रबाट पक्राउ गरेको हो ।

दोलखा घर भई सःमिलमा सुरक्षा गार्डको काम गर्ने ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती ५० वर्षीया अम्बिका भुजेल, कुमारकी आमा ७६ वर्षीया शुभद्रा भुजेल र मोरङको बेलबारी घर भई मिलमा बस्दै आएका २५ वर्षीय नवीन राईको हत्या भएको थियो।

घटनाको अनुसन्धानका लागि प्रहरीले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेको थियो।  प्रहरीका अनुसार जन्मजात रूपमा बोल्न नसक्ने भण्डारीले केही समय पहिले भएको एक सामान्य घटनाको रिसिइबी साँध्न हत्या जस्तो जघन्य अपराध गरेको स्वीकारेको हो।

नवीन राईले चलायएको मोटरवाइले ठक्कर दिएका भण्डारीलाइ उल्टै राइले कुटपिट गरेको र त्यसको प्रतिशोधमा आफूले यो घटना घटाएक प्रहरीको प्रारम्भिक बयानमा स्वीकारेको हो ।
शुक्रवार राईसंग प्रतिशोध लिन सःमिलमा पुगेका भण्डारीले राइमाथि खुकुरी प्रहार गर्दै गर्दा भुजेल परिवाले देखेपछि पालैपालो सबैलाइ खुकुरी प्रहार गरेको प्रहरीले जनाएको  छ।साथै यसअघि नियन्त्रणमा लिएका तीनकुने बस्ने २८ वर्षीय दीपेन्द्र राईलाइ लगायतका सबैलाइ रिहा गरिएको जनाएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2023
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031