सोमवार, जेष्ठ ७, २०८१

आज विभिन्न कार्यक्रम गरी ५९औँ राष्ट्रिय बाल दिवस मनाइँदै

काठमाडौं भाद्र २९,
आज बालबालिकामा लगानी सुरक्षित भविष्यको थालनी भन्ने नाराका आज ५९औँ राष्ट्रिय बाल दिवस आज विभिन्न कार्यक्रम गरी बाल दिवस मनाइँदै छ ।  यसअघि नेपालमा २०२१ साल भाद्र ४ गतेदेखि बाल दिवस मनाउन थालिएको यो दिवस प्रत्येक वर्ष भाद्र ४ गते मनाइने गरेकोमा लोकतन्त्र स्थापना पछिका वर्षमा नेपालले बाल अधिकार महासन्धी अनुमोदन गरेको मितिको स्मरणमा हरेक वर्ष भाद्र २९ मा बाल मनाउन थालिएको   हो ।

यद्यपी दिवस जहिले मनाइएपनि बालबालिकाको विकास, सहभागिता र बाल अधिकार संरक्षण कागज र नारामात्रै सीमित भएको छ भने वालअधिकारको कार्यान्वयन व्यवाहारमा लागु हुन सकेको छैन ।  शिक्षा, स्वास्थ्यजस्ता आधारभूत बाल अधिकार अझैपनि बालबालिकाले पाउन सकेका छैनन् । सडक बालबालिकाको उद्धार र पुनर्स्थापना पनि कागजमै सीमित रहेका छन ।