सोमवार, जेष्ठ ७, २०८१

शवयात्रा सहित संविधानसभाका अध्यक्ष नेम्वाङको अन्तिम संस्कार गरिने

काठमाडौं भाद्र २७,
संविधानसभाका अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको विहिवार विहान ११ बजे पशुपति आर्यघाटमा राजकीय सम्मानकासाथ अन्तिम संस्कार गरिने भएको छ । सो अघि उहाँको शवयात्रा निकालिने एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागले जनाएको छ ।  सरकारले बिहीबार हुने नेम्वाङको अन्तिम संस्कार राजकीय सम्मानका साथ गर्ने निर्णय संगै सार्वजनिक विदा समेत दिने निर्णय गरेको   छ ।

बिहीबार विहान बालुवाटारबाट शवयात्रा शिक्षण अस्पताल–महाराजगञ्ज–नारायणगोपाल चोक–धुम्बाराही– चावहिल–गौशाला हुँदै पशुपति आर्यघाटमा लगिने जानकारी दिदै विभागका सचिव गगन विष्टले अन्तिम श्रद्धाञ्जलि अर्पणका लागि निजी सवारी साधन हुनेहरु शंखपार्क, धुम्बाराही र सवारी साधन नहुनेहरु गौशालाको वडा प्रहरी कार्यालय अगाडिबाट श्रद्धाञ्जलि अर्पण गर्न सक्ने व्यवस्था मिलाइएको बताउनुभयो ।

यसैवीच विज्ञप्तिमा चीन भ्रमणमा जानुभएका पार्टी महासचिव शंकर पोखरेलले आज पार्टी मुख्यालयमा गएर नेम्वाङप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभयो ।

 

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2023
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031