सोमवार, जेष्ठ ७, २०८१

म.प.को आकस्मिक बैठक: संविधानसभाका अध्यक्ष नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय

अन्त्येष्टि हुने दिन सार्वजनिक बिदा 

काठमाडौं भाद्र २६,
मंगलबार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले संविधानसभाका अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ।

 संविधान निर्माण प्रक्रियामा नेम्वाङले गरेको योगदानप्रति सम्मान प्रकट गर्दै सरकारले राजकीय सम्मान दिने निर्णय गरेको हो । त्यस्तै बैठकले नेम्वाङको अन्त्येष्टि हुने दिन सार्वजनिक बिदा दिने निर्णय समेत गरेको छ । एमावेका उपाध्यक्ष समेत रहेका नेम्वाङका दुवै छोराहरू विदेशमा रहेको र उनीहरू आउँदै गरेकाले अन्त्येष्टि हुने दिन बिदा दिने निर्णय गरेको हो ।

साथै बैठकले संविधानसभा अध्यक्ष तथा इलाम–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य नेम्वाङको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति सरकारले समवेदना प्रकट गरेको छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2023
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031