सोमवार, जेष्ठ ७, २०८१

एनसीडीएको अध्यक्षमा खण्डेलवाल निर्वाचित [मतपरिणाम सहित]

काठमाडौं भाद्र २४,
शनिवार सम्पन्न नेपाल औषधि व्यवसायी संघको १४ औ राष्ट्रिय महाधिवेशनले केन्द्रीय अध्यक्षमा प्रकाश कुमार खण्डेलवालको अध्यक्षतामा १९ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति निर्वाचित गरेको छ ।

एकाध पद वाहेक सबै पदका लागि भएको मतदान प्रक्रियामार्फत केन्द्रीय अध्यक्षका उम्मेदवार खण्डेलवालले आफ्ना निकटम प्रतिस्प्रर्धी लोकहरि श्रेष्ठलाइ पराजित गरेको हो । निर्वाचित अध्यक्ष खण्डेलवालले मताधिकार प्राप्त २०५ मतदाता मध्ये १९५ जनाले मतदान गरेको निर्वाचनमा   १०४ मत प्राप्त गर्दैगर्दा श्रेष्ठले ८७ मत प्राप्त गरेको हो ।  त्यस्तै वरिष्ठ उपाध्यक्षमा रामप्रसाद खरेलले १४१ मत प्राप्त गर्दै निर्वाचित हुँदै गर्दा निकटम प्रतिस्प्रर्धी निरञ्जन रिसालले ५१ मत प्राप्त गरेका छन ।

त्यस्तै आयात , थोक र खुद्रा तर्फको उपाध्यक्षमा क्रमस रामचन्द्र शर्मा १११  , टंक अधिकारी १३१ मत, र यामनाथ अधिकारी  १०७ मत प्राप्त गरि निर्वाचित भएका छन भने निकटम प्रतिस्प्रर्धी शेखर श्रेष्ठ ७३,प्रकाश श्रेष्ठ ५६ र हरि प्रसाद विडारीले ८१ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

महासचिवमा श्रीधर खनालले ९७ मत प्राप्त गरि निर्वाचित हुँदै गर्दा निटम प्रतिस्प्रर्धी प्रशान्त मानन्धरले ९० मत प्राप्त गरेका छन भने कोषाध्यक्षमा सम्राट जोशीले ९८  र सचिवमा कृष्णवहादुर रोकायाले १०७ मत प्राप्त गरि निर्वाचित हुँदैगर्दा प्रतिस्प्रर्धी उम्मेदवार राजेशमा प्रधानले ८९ र श्रृजन भट्टराइले ८३ मत प्राप्त गरेको समितिले जनाएको छ ।

केन्द्रीय उप कोषाध्यक्षमा कविराज कंडेल, केन्द्रीय सदस्यमा आयात ,थोक र खुद्रा तर्फ क्रमस सुनिल लखौटिया ,गौतम गुप्ता, गया प्रसाद कुश्मी र प्रदिप दाश र पृथ्वी वहादुर वम महिलातर्फ कपिला जोशी निर्विरोध निर्वाचित भएका छन भने खुला केन्द्रीय सदस्यमा क्रमस वद्री प्रसाद खनाल १३१ मत, भूवनेश्वर बुढामगर ९५ मत कञ्चन शर्मा १०५ मत सरला कुमारी विष्टले १३५ मत प्राप्त गरि निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2023
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031