सोमवार, जेष्ठ ७, २०८१

विभिन्न कार्यक्रम सहित आज २० औं निजामती सेवा दिवस मनाइदै

काठमाडौ भाद्र २२,
आज विभिन्न कार्यक्रमको आयोजना गर्दै निजामती कर्मचारीले २० औं निजामती सेवा दिवस मनाइदैछ ।    २०१३ साल भदौ २२ गते तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यले निजामती सेवा ऐन ल्याएको दिन पारेर हरेक वर्ष निजामती दिवस मनाउन थालिएको हो ।  नेपालमा निजामती सेवा गठन भएको ६० वर्ष पूरा भए पनि २०६२ साल भाद्र २२ गतेबाट मात्र औपचारिक रूपमा यो दिवस मनाउन थालिएको हो ।

नेपालमा हाल करिब ८३ हजार निजामती कर्मचारी कार्यरत छन् । दिवसको अवसर पारेर सामान्य प्रशासन मन्त्रालयले प्रधानमन्त्री पुष्पकमल दाहालको प्रमुख आतिथ्यतामा आयोजना हुने कार्यक्रममा सरकारले ४० जना कर्मचारीलाई उत्कृष्ट कर्मचारी सम्मानबाट सम्मानीत गर्दै छन ।

यसमध्ये १० जनालाई उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जनालाई निजामती सेवा पुरस्कार दिइने भएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2023
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031