सोमवार, जेष्ठ ७, २०८१

आज देशभर बदलीसंगै कतै हावाहुरी त कतै भारी वर्षा

काठमाडौं भाद्र २२,
मौसम पूर्वानुमान महाशाखाले आज देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहेको जनाएको छ । त्यस्तै मौसम पूर्वानुमान महाशाखाले आज बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकाध स्थानमा हल्का वर्षा भइरहेको जनाएको छ ।

साथै शुक्रबार तराई भू९भागका थोरै स्थानहरूमा हावाहुरीसंगै कोशी,बागमती, गण्डकी र कर्णाली प्रदेशका केहि स्थान र बाँकी प्रदेशका एकाध स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

यसैवीच वर्षाका कारण क्षेत्रहरूबाट बहने नदीको जल सतह हल्का बढ्न सक्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू-क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम लगायत चट्याङ्ग तथा हावाहुरीको क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन समेत महाशाखाले अनुरोध गरेको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2023
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031