सोमवार, जेष्ठ ७, २०८१

कोशी प्रदेश सरकारको विश्वासको मतसम्बन्धी विवाद पूर्ण इजलासमार्फत सुनवाइ हुने

काठमाडौ भाद्र १८,
कोशी प्रदेश सरकारको विश्वासको मतसम्बन्धी प्रकरणको आज सर्वोच्चको पूर्ण इजलासमा सुनवाइ हुने भएको छ।

यसअघि न्यायाधीश ईश्वरप्रसाद खतिवडाले गत भाद्र १५ मा एकल इजलासमाआफ्नो राय दिइसकेको जनाउ सहित संयुक्त इजलासको सुनुवाइमा सहभागी हुन इन्कार गरेपछि आइतबारका लागि प्रस्तुत प्रकरणको पेसी तोकिएको थियो तर आइतबार पुनः न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुषमालता माथेमाको संयुक्त इजलासका कोशी प्रदेश सरकारको विश्वासको मतसम्बन्धी विवाद पूर्णमा पठाउन आदेश गरेको हो ।

आउतवार न्यायाधीशद्वय मल्ल र माथेमाको संयुक्त इजलास प्रदेशको सरकार गठनसम्बन्धी समान विवादको मुद्दा पूर्ण इजलासबाट निरूपण भएको भन्दै संयुक्त इजलासले मुद्दा पूर्ण इजलासमा पठाउन दिएको संयुक्त इजलासको आदेशमा भनिएको छ, “यिनै विपक्षीसमेत भएको मुद्दामा प्रस्तुत मुद्दासँग समान प्रकृतिको भई पूर्ण इजलासबाट निराकरण भइसकेको देखिएकाले प्रस्तुत मुद्दामा पनि जटिल कानुनी प्रश्न समावेश भएको देखिएको र त्यसको निराकरण पूर्ण इजलासबाट हुन उपयुक्त देखिएकाले सर्वोच्च अदालत नियमावली, २०७४ को नियम २३ ९२० बमोजिम मिति २०८०र०५र१८ गते पूर्ण इजलासमा पेस हुने गरी पेसी तोकी नियमानुसार पेस गर्नू ।”

यसअघि न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले गत भाद्र ७ मा विश्वासको मतको प्रक्रिया संविधानविपरीत रहेको भन्दै अदालतले मुख्यमन्त्री उद्धव थापा नेतृत्वको मन्त्रीपरिषद्लाई दीर्घकालीन महत्त्व र नीतिगत निर्णय नगर्नसमेत आदेश गरेको थियो ।

कोशी प्रदेशका मुख्यमन्त्री थापाले भाद्र ४ गते प्रदेश सभामा विश्वासको मतको प्रस्ताव राख्नुभएको थियो । उपसभामुख बिरामी परेको भन्दै ज्येष्ठ सदस्यका लागि बैठक राख्न आग्रह गरेको अवस्थामा ज्येष्ठ सदस्यले मतदान गरेपछि विवाद भएको थियो । सभाको अध्यक्षता गर्नुभएका ज्येष्ठ सदस्य इस्राइल मन्सुरीले मुख्यमन्त्री थापालाई मत दिनुभएको थियो । सदस्यहरूले मत दिएपछि सच्याउने सूचना दिँदै सभाको अध्यक्षता गर्नुभएका मन्सुरीले समेत मत दिनुभएको थियो । पहिले मत दिएका सदस्यले मत सच्याँउन पाउने समयमा मन्सुरीले मत दिनुभएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2023
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031