सोमवार, जेष्ठ ७, २०८१

इन्धनको नयाँँ मूल्य:एलपी ग्यास प्रतिसिलिन्डर रु दुई सय ३५ बढ्यो

काठमाडौ भाद्र १५,
नेपाल आयल निगमले ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले एकैपटक ग्यासको मूल्य प्रतिसिलिन्डर २३५ रुपैयाँ वृद्धि गरेको हो । भारतीय आयल निगमले बिहीबार पठाएको नयाँ मूल्यसूचीअनुसार ग्यास १८६.४५ रुपैयाँ बढेर आएसंगै निगमले मूल्य समायोजन गर्दै नयाँ मूल्य कायम गरेको हो।

निगमले मूल्य बढाएसँगै एक सिलिन्डर ग्यास किन्न उपभोक्ताले १८९५ रुपैयाँ पर्ने भएको छ । यसअघि ग्यासको मूल्य १६६० रुपैयाँ थियो । त्यस्तै पेट्रोलमा प्रतिलिटर चार, डिजेल र मट्टितेल प्रतिलिटर तीन रुपैया ब बढेको छ निगमले जारी विज्ञप्तिमार्फत जानकारी दिएको छ।