सोमवार, जेष्ठ ७, २०८१

महानगरका नीति र कार्यक्रम कार्यान्वयनका लागि नगर प्रहरी मेरुदण्ड: प्रमुख साह

३१ औँ महानगर प्रहरी दिवसमा ३ विधामा ७ जना प्रहरी पुरस्कृत

काठमाडौँ भाद्र १४,
काठमाडौँ महानगरपालिकाका नगर प्रहरी बलले आज ३१ औँ स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा आयोजित औपचारिक उद्घाटनसत्रमा वोल्दै महानगर प्रमुख वालेन्द्र साहले महानगरका सबै नीति, योजना तथा कार्यक्रम कार्यान्वयनसँग जोडिएर काम गर्ने दायित्व भएको नगर प्रहरी संस्थाको मेरुदण्ड भएको बताउनुभएको छ ।

महानगरको लक्ष्य अनुरुप गत वर्ष नगर प्रहरीको अगुवाईमा १५० रोपनीभन्दा धेरै सार्वजनिक जग्गा संरक्षणसंै भूमिगत तलामा भएको व्यावसायिक क्रियाकलापलाई पार्किङ् स्थलका रुपमा रुपान्तरण लगायतका महत्वपूर्ण कार्य सम्पादनमा नगर प्रहरीको भूमिका तारिफयोग्य रहेको बताउनुभयो ।

 कार्यक्रममा नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवरले सहरी सुरक्षाका लागि सीसीटिभी क्यामरा जडान गर्नेलगायत महानगरपालिकासँग विभिन्न क्रियाकलापमा सहकार्य भएको उल्लेख गर्नुभयो । त्यस्तै शसस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालले सुरक्षाविना विकास र विकास बिना सभ्यता संरक्षण हुन नसक्ने बताउँदै महानगर प्रहरी बलले सहरी सुरक्षा र सुव्यवस्थाका लागि आफूलाई स्थापित गरेको धारणा राख्नुभयो ।

कार्यक्रममा महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले, नगर प्रहरीसँग जनप्रतिनिधि र स्थानीयबासीले गरेको भरोसा कायम राख्नुपर्ने बताउनुभयो । त्यस क्रममा काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले, सुरक्षा निकायहरु (नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग) को मुख्यालय काठमाडौँ महानगरपालिका क्षेत्रभित्रै रहेकोले सुरक्षा व्यवस्थापनका लागि काठमाडौँ महानगरपालिकाको विशिष्ट भूमिका रहने र यसमा नगर प्रहरी बलको उपस्थिति बलियो हुने बताउनुभयो ।

कार्यक्रममा महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले नगर प्रहरी अब नागरिकहरुसँगै समस्या समाधान गर्ने संयन्त्र बन्ने विस्वास व्यक्त गर्नुभयो ।  त्यस्तै महानगर प्रहरी बलका प्रमुख प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले, नेतृत्वले महानगरपालिकाको नीति, कानुन तथा निर्णय कार्यान्वयन, सहरी सुव्यवस्थाका विविध क्षेत्रको अघि सारेका कार्यक्रम कार्यान्वयनमा नगर प्रहरीले कर्तव्य पालना गर्ने बताउनुभएको उक्त कार्यक्रममा

३० हजार राशीको महानगर प्रहरी गौरव पुरस्कारबाट नगर प्रहरी सहायक निरीक्षक लीला थापा क्षेत्री पुरस्कृत हुनुभयो । २० हजार राशीको उत्कृष्ट महानगर प्रहरी पुरस्कार नगर प्रहरी निरीक्षक विष्णुराज शर्मा लाइ र १० हजार राशीसहितको महानगर प्रहरी पुरस्कारबाट क्रमस नगर प्रहरी नायव निरीक्षक कर्णबहादुर थापा, नगर प्रहरी सहायक निरीक्षक नमराज अधिकारी, नगर प्रहरी सहायक निरीक्षक अमरविक्रम कार्की, नगर प्रहरी हवल्दार सुरेश देउला र नगर प्रहरी हवल्दार रामप्रसाद भुषाललाई प्रदान गरिएको थियो ।

नगर प्रहरी, नेपालको संविधानले स्थानीय तहलाई दिएको एकल अधिकार हो । काठमाडौँ महानगरपालिकाले वि. सं. २०५० साल भदौ १४ गते नगर प्रहरी सेवा थालेको हो ।  यसवीचमा २०८० असारमा सम्पन्न नगर सभाको १३ औँ अधिवेशनले महानगर प्रहरीलाई व्यवस्थित गर्न महानगर प्रहरी ऐन २०८० जारी ग¥यो । जारी प्रहरी ऐनमा महानगरपालिकाको चल अचल सम्पत्तिको सुरक्षा गर्ने, सभा समारोह, चाडपर्वको व्यवस्थापन गर्ने, सहरी व्यवस्थापनका काम गर्ने, सार्वजनिक सम्पत्तिको सुरक्षा र रेखदेख गर्ने, सरसफाइ र सुन्दरता जगेर्ना गर्ने, विपद् व्यवस्थापन, वातावरणीय सुधार लगायत २८ बुँदाको कार्यधिकार नगरप्रहरीलाइ दिइएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु