सोमवार, जेष्ठ ७, २०८१

महानगर वडा न १६ का वडाध्यक्ष रिजालको निधन

काठमाडौं भाद्र २१,

काठमाडौं महानगर वडा न १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । डेंगु संक्रमणपछि ग्राण्डी अस्पतालमा उपचार गराइरहेका रिजालको निधन भएको पुष्टि कांग्रेस नेतृ सिर्जना सिंहले सामाजीक सञ्जाल मापर्फत रिजालको मृत आत्माप्रति श्रद्धाञ्जिली व्यक्त गर्दै पनि उनको निधनको पुष्टि गरेगरेकी छन् ।

 त्यस्तै वडा न १६ का वडा सचिव प्रकाश खड्काले ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको बताए । काठमाडौं काँग्रेस क्षेत्र न ७का सभापति समेत रहेका  रिजाल गत स्थानीय तह निर्वाचनमा ४००५ मतका साथ अध्यक्षमा विजयी भएका थिए । उनले नेकपा एमालेका लक्ष्मीरत्न तुलाधरलाई पराजित गरेका थिए ।

 फोहोर व्यवस्थापन लगायतका विषयमा कार्यपालिकाको पहिलो बैठकमा नै महानगर प्रमसख बालेन साहसँग उनको चर्काचर्की पनि परेको थियो ।पछि प्रमुख शाह रिजाललाई भेट्न उनकै निवास पुगेका थिए ।

यसैवीच महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले नगर कार्यपालिका अन्तर्गत पूर्वाधार समितिका संयोजक समेत रहनु भएका वडाध्यक्ष रिजालको पार्थिव शरिर विहान ११ बजेदेखि राष्ट्रिय सभा गृहमा राखिनेर त्यसपछि अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लगिने जानकारी दिनुभयो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2023
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031