सोमवार, जेष्ठ ७, २०८१

१० विषयगत संसदीय समितिका निर्वाचित सभापतिले लिए शपथ

काठमाडौं भाद्र १२,
प्रतिनिधिसभामातहतका १० विषयगत संसदीय समितिका निर्वाचित सभापतिले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । आइतबार मनोनयन दर्ता गराएका सबै संसदीय समितिका सभापति निर्विरोध निर्वाचित भएका हुन् ।  सिंहदरबारमा सोमबार दिउँसो सभामुख देवराज घिमिरेले नवनिर्वाचित १० वटै समितिका सभापतिहरूलाई पद तथा गोपनीयताको शपथग्रहण गराउनुभएको हो ।

 दलीय भागबन्डाका आधारमा सबै समितिका सभापतिहरु निर्विरोध छानिएका थिए । जसअनुसार नेपाली कांग्रेसले ३ वटा, नेकपा एमालेले २, माओवादी केन्द्र, जसपा, जनमत, एकीकृत समाजवादी र राप्रपाले १र१ समितिको नेतृत्व पाएका छन ।

यसअघि रास्वपाले पनि उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समिति दावी प्रस्तु गरेपनि पछि रास्वपाका उममेदवार गणेश पराजुलीले आफ्नो उम्मेदवारी फिर्तागरेसँगै उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिको सभापतिमा जनमत पार्टीका अब्दुल खान निर्विरोध निर्वाचित भएको हो ।

समितिमा नेपाली कांग्रेसका तर्फबाट अर्थमा सन्तोष चालिसे, राज्य व्यवस्था तथा सुशासनमा रामहरि खतिवडा र कृषि सहकारी तथा प्राकृतिक स्रोतमा आरजु राणा देउवा सभापति बनेका छन् । नेकपा एमालेका तर्फबाट सार्वजनिक लेखामा ऋषिकेश पोख्रेल र महिला तथा सामाजिक मामिला समितिमा किरणकुमार साह सभापतिको जिम्मेवारी पाएक छन ।

त्यस्ते उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिको सभापतिमा जनमतका अब्दुल खान, एकीकृत माओवादीका तर्फबाट कानुन न्याय तथा मानवअधिकार समितिको सभापतिमा विमला सुवेदी निर्विरोध निर्वाचित भएको
हो हो ।

यसैगरी जसपाका तर्फबाट अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सभापतिमा राजकिशोर यादव र एकीकृत समाजवादीका तर्फबाट शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा भानुभक्त जोशी निर्विरोध चयन हुँदै गर्दा पूर्वाधार विकास समितिको सभापतिमा राप्रपाका दीपकबहादुर सिंह निर्विरोध चुनिएका छन ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु