सोमवार, जेष्ठ ७, २०८१

भ्रष्टाचारको जालो तोड्नका लागि एकाकार हुन महामन्त्री थापाको आव्हान

भ्रष्टाचारका काण्डमा चर्को बोल्ने, एक अर्कालाई तर्साउने, तर बिस्तारै बन्द कोठामा बसेर सामसुम बनाउँने काम भईरहेको खुलासा

काठमाडौं भाद्र ११,
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भ्रष्टाचारको नेक्सस र भ्रष्टाचारी जोगाउन भइरहेका मिलीभगत तोड्न यसको विपक्षमा रहेका हामी सबै एकजुट हुनुको विकल्प नभएको बताएका छन् ।

त्यस्तै महामन्त्री थापाले पछिल्लो समय सत्तालाई बार्गेनिङको टुल बनाउने प्रवृत्ति बढ्दै गएको जनाउ सहित सोमबार सामाजिक सञ्जालमार्फत भ्रष्टाचारका काण्डहरू सार्वजनिक भएपनि ठुलाहरूले चर्को बोल्ने, एक अर्कालाई तर्साउने, तर बिस्तारै बन्द कोठामा बसेर सामसुम बनाउँने काम भईरहेको खुलासा गर्नुभएको छ।  साथै महामन्त्री थापाले सामाजिक सञ्जालमार्फत ३ बुँदे अवधारणा सार्वजनिक गर्दै भ्रष्टाचारको जालो तोड्नका लागि कुनै व्यक्ति नेता वा नाता भएकै कारण पूर्वाग्रहको विषय बन्न नहुने भन्दै, ’निर्दोष कोही नपरुन, दोषी कोही नछुटुन भन्ने मूल मन्त्र नै सबैले अपनाउनु पर्ने बताए ।

भ्रष्टाचारकाण्ड विरुद्ध सामसुम पार्न भ्रष्टाचारीहरु यसका मतियारहरु मिल्छन् भने यस्ता घटनामा छानबिन गर्न गराउन हामी किन नमिल्ने भन्दै भ्रष्टाचार विरोधी अभियानमा विगतमा जस्तै एउटै पार्टी भित्र समान धारणा भएका सबै एक ठाउँ उभिदै नागरिक आन्दोलनसँग एकाकार हुँदै भ्रष्टाचारको जालो तोड्दै सुशासनका लागि एकजुट हुन आव्हान गर्नुभएको छ।

साथै महामन्त्री थापाले नीतिगत भ्रष्टाचारलाई परिभाषित गर्ने छुट्टै कानुन बनाउँनु पर्ने आवश्यकता ओल्याउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतको संस्थामा हुने नियुक्तिदेखि क्षेत्राधिकारसम्म, क्षमतादेखि संरचनासम्म बलियो बनाउँनकै लागि संसदमा विचाराधिन भ्रष्टाचार सम्बन्धि दुइ वटा ऐन पारित गर्नु पर्ने बताएका छन । त्यस्तै अभियोजन गर्ने सरकारी वकिल र न्यायालयलाई निष्पक्ष क्षमतावान बनाउन अहिले भएको व्यवस्थामा के–के बदल्नैपर्छ यसमा पनि काम थालौं भन्दै संसदबाट स्वार्थको द्वन्द्वसम्बन्धी कानुन अविलम्ब पारित गर्नु पर्ने जिकिर गर्नुभएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु