सोमवार, जेष्ठ ७, २०८१

आज १० विषयगत संसदीय समितिको नेतृत्व चयन हुँदै

काठमाडौ भाद्र ११,
आज प्रतिनिधि सभाका १० विषयगत समितिका सभापतिको चयन हुने भएको छ।

संसदीय समितिका सभापति पदका लागि आइतबार उम्मेदवारी दर्ता सम्पन्न भएको छ । १० संसदीय समिति सभापतिका लागि ११ जनाको उम्मेदवारी परेको छ । नौ वटामा एकल उम्मेदवारी परेको छ भने एउटा समितिमा दुईजनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ ।

संसद सचिवालयले आज दिउँसो ३ बजे बस्ने सम्बन्धित समितिको बैठकले अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित, कानुन, न्याय तथा मानवअधिकार, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति छ । त्यस्तै महिला तथा सामाजिक मामिला, राज्यव्यवस्था तथा सुशासन, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि र सार्वजनिक लेखा समितिको नेतृत्व चयन गर्ने जनाएके छ ।

 नौ समितिमा एक(एक जनाको उम्मेदवारी परेको छ भने उद्योग तथा वाणिज्य तथा उपभोक्ताहित समितिमा जनमत पार्टीका अब्दुल खान र रास्वपाका गणेश पराजुलीबीच प्रतिस्पर्धा हुने भएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु