सोमवार, जेष्ठ ७, २०८१

मौसमा सुधार :देशभर भारी वर्षाको सम्भावना न्यून,तराईका एकाध स्थानमा हावाहुरीको संभावना

काठमाडौ भाद्र ११,
पूर्वानुमान महाशाखाले महाशाखाले आगामी तीन दिन देशका कुनै पनि स्थानमा भारी वर्षाको सम्भावना नरहेको जनाएको छ । यद्यपी देशका पहाडी भूभागका केही स्थान र कोशी र बागमती प्रदेशका केही स्थानमा भने हल्का मध्यम वर्षा हुने जनाएको छ ।

त्यस्तै महाशाखाले मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरमा अवस्थित रहेको जनाउँदै आज दिउँसो देशभर सामान्य बदलीसंगै कोशी, मधेस, बागमती र लुम्बिनी प्रदेश अन्र्तगत तराईका एकाध स्थानमा हावाहुरीको संभावना रहेको जनाएको छ ।

त्यस्तै मंगलबार बुधबार पनि देशका पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र बाँकी भूभागका थोरै स्थानमा समेत हल्का वर्षाको सम्भावनाको  पूर्वानुमान  रहेको  जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु