सोमवार, जेष्ठ ७, २०८१

आज प्रतिनिधिसभा मातहत गठित १० वटै विषयगत समिति सभापतिको उम्मेदवारी मनोनयन हुँदै

काठमाडौं भाद्र १०,
प्रतिनिधिसभा मातहत गठित १० वटै विषयगत समिति सभापतिको निर्वाचन प्रयोजनका लागि आज उम्मेदवारी मनोनयन प्रस्ताव दर्ताको कार्यक्रम हुँदैछ ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुखले मातहत गठित १० वटै विषय समिति सभापतिको निर्वाचन सोमबार दिउँसो ३ बजेका लागि निर्धारण गरे अनुरुप आज बिहान ११ देखि अपराह्न ४ बजेसम्म उम्मेदवारी मनोनयन प्रस्ताव दर्ता गराउन सक्ने संसद सचिवालयले जनाएको छ।  प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुखले विषयगत समिति निर्वाचनको को घोषणा गरेअनुरुप निर्वाचन प्रक्रिया अघि बढेको हो ।

  ‘मिनी पार्लियामेन्ट’ का रूपमा लिइने प्रतिनिधिसभा मातहत अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानवअधिकार समिति, कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति, महिला तथा सामाजिक मामिला समिति, राज्य व्यवस्था तथा सुशासन,पूर्वाधार विकास समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति तथा सार्वजनिक लेखा समिति रहेका छन ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु