सोमवार, जेष्ठ ७, २०८१

काठमाडौं महिला संघद्दारा संस्थापिका नेतृ सिहंको स्मरण

महिलाको हकाधिकारका लागि आवाज उठाउने पहिलो महिला: नेता सिंह

काठमाडौं भाद्र १०,
नेपाल महिला संघका संस्थापिका मंगलादेवीसिंहको २७ औ स्मृति दिवसको  अवसरमा आज कामपा वडा न .१५  मंगलादेवीको सालिकमा एक कार्यक्रमका वीच आज माल्यार्पण कार्यक्रमको आयोजना गरेको छ ।

माल्यार्पण कार्यक्रममा स्व :सिहंका सुपुत्र एवम काँग्रेस नेता प्रकाशमान सिंहले नेपाली महिलाको हक, अधिकारका लागि आवाज उठाउने पहिलो महिला  आन्दोलनकी एक अथक योद्धा ,प्रजातान्त्रिक सेनानी  मंगलादेवीको मुलुकको राजनितीमा महत्वपूर्ण योगदान दिएको जनाउ दिदै आज आजको दिनमा संविधानत महिलालाई जुन किसिमको अधिकार पाएको छ त्यो महिला आन्दोलनका कारण प्राप्त भएको बताउँनुभयो ।

त्यसअवसरमा काठमाडौ कांग्रेसका सभापति सबुज बानियाँ ललितपुर काँग्रेसका सभापति जीतेन्द्र श्रेष्ठ, वागमती प्रदेश मन्त्री पुकार महर्जन, संघीय सासद प्रतिमा गौतम लगायतको उपस्थिति रहेको थियो ।