सोमवार, जेष्ठ ७, २०८१

सामुदायिक सेवा मञ्चको अध्यक्षमा खरेल

 काठमाडौं भाद्र ९,

सामुदायिक सेवा मञ्च स्वयम्भू तथा सामुदायिक प्रहरी सेवा केन्द्र स्वयम्भूमा राजु खरेलको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।

कामपा १५ को सामाजिक सेवाको क्षेत्रमा अग्रणी क्रियाशील संस्था सामुदायिक सेवा मञ्च स्वयम्भू तथा सामुदायिक प्रहरी सेवा केन्द्र स्वयम्भूको शनिवार सम्पन्न को २१ औं साधारण सभाले नयाँ कार्य समिति चयन गरेको हो ।

संस्थाको नवनिर्वाचित कार्यसमितिको बरिष्ठ उपाध्यक्ष ,उपाध्यक्ष,महासचिव,सचिब,कोषाध्यक्ष र सहकोषाध्यक्षमा क्रमस सुदर्शन मान सिंह,दीपक चन्द्र गौतम,सुरेन्द्र गौतम, संजेश डंगोल,राजेन्द्र गोपाल तण्डुकार र कमला डंगोल रहनु भएको छ ।

त्यस्तै गरि कार्य समिति सदस्यहरुमा श्रीराम अधिकारी, राकेश महर्जन,प्रमोद मान शाही ,रबिन खड्गी,नानी छोरी कपाली,सुशिला प्रधान शाही,लक्ष्मी पान्डे,सन्तोष पुडासैनी रहेका छन।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु