सोमवार, जेष्ठ ७, २०८१

सबै जाति, धर्म एवं सम्प्रदायबीचको आपसी एकता र सद्भाव कायम राख्न कांग्रेसको अपिल

काठमाडौं भाद्र ९,
नेपाली कांग्रेसले केही दिनयता धरानमा भएको द्वन्द्वप्रति गम्भीर चिन्ता प्रकट गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाले शनिवार विज्ञप्ति जारी गर्दै सामाजिक, धार्मिक, राजनैतिक समग्र सद्भावका लागि सार्वजनिक अपिल  गरेका छन्।

पछिल्लो समय धरानमा बढेको साम्प्रदायिक ‘गतिविधि’ लक्षित हुँदै नेपाली काँग्रेसले जारी विज्ञप्तिमा ‘परापूर्वकालदेखि विभिन्न जातजाति, धर्म, संस्कृति र सम्प्रदायका नागरिक आपसी सम्मान र गहिरो सद्भावले मिलेर बसेका मात्रै होइनौं, राष्ट्र निर्माण र विकासका लागि हातेमालो गर्दै आएका छौं। नेपालको कानूनले हरेक व्यक्ति र सम्प्रदायलाई अरूको धर्म, संस्कृति र आस्थामा चोट नपुर्‍याई आ९आफ्नो धर्म, संस्कृतिको पालना गर्ने स्वतन्त्रता प्रदान गरेको कुरा पनि भुल्न हुँदैन। साथै कसैको धर्म, संस्कृति र परम्पराप्रति कसैले दख्खल पुर्‍याउन पनि उचित हुँदैन भनिएको छ ।

त्यस्तै नेपालीको भावना र चाहनाविपरीत धार्मिक९सामाजिक सद्भाव भड्काउने गतिविधि कसैको पनि हितमा नहुने र हुन पनि नसक्ने भन्दै विज्ञप्तिमा भनिएको छ, ‘यसबाट उत्पन्न हुने धार्मिक, सामाजिक तथा राजनीतिक अस्थिरता र अराजकताको धमिलो पानीमा खेल्न खोजेका दृश्य९अदृश्य शक्तिहरूलाई सहयोग पुग्ने कुरामा दुईमत छैन। यसले निम्त्याउन सक्ने परिस्थिति बेलैमा अनुमान गरी हरेक व्यक्ति, समुदाय र सम्प्रदाय सचेत र संयम हुनु आजको आवश्यकता हो भन्दै विषयको संवेदनशीलतालाई मध्यनजर गर्दै राजनैतिक दल, स्थानीय जनप्रतिनिधि र धार्मिक संघ९संस्था एवं समाजका अग्रज व्यक्तित्वहरू एक ठाउँमा उभिएर सबै जाति, धर्म एवं सम्प्रदायबीचको आपसी एकता र सद्भाव कायम राख्ने कार्यमा जुट्न पनि कांग्रेसले अपिल गरेको छ।

यसैवीच जिल्ला प्रशासन कार्यालय सुनसरीले शुक्रबार मध्यरातिदेखि धरान उपमहानगरपालिका क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । धरान केन्द्रित भएर बढेको साम्प्रदायिक ‘गतिविधि’लाई मध्यनजर गर्दै निषेधाज्ञा जारी गरिएको हो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु