सोमवार, जेष्ठ ७, २०८१

पूर्वाधार विकासका लागि महानगरले एकिकृत सम्पर्क कार्यालय सञ्चालन गर्ने

काठमाडौं भाद्र ६
पूर्वाधार विकास समन्वय समितिको बैठक:

काठमाडौँ महानगरपालिकामा पूर्वाधार निर्माण र मर्मत सम्भारका सम्पर्क कार्यालय स्थापना गर्ने प्रमुख बालेन्द्र साहले जानकारी दिनुभएको छ । आज पूर्वाधार विकास साझेदार कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुसँग सम्पन्न बैठकमा प्रमसख साहले ‘सबै जन सरोकारका कार्यालयका प्रतिनिधि रहने गरी महानगरमा सम्पर्क कार्यालय स्थापना गर्न लागिएको र ‘सबै कार्यालयका प्रतिनिधि एकै ठाउँमा भेटेपछि सेवाग्राहीले समस्या लिएर ठाउँठाउँमा धाउनु नपर्ने बताउनभयो ।

विकासका दायित्व भएका कार्यालयहरु फरक ठाउँमा हुँदा कुनै काम अर्काको जिम्मेवारीमा भएको देखाएर तर्किने प्रवृतिको अन्त्यका लागि अन्तरसम्बन्धित बनाउन सम्पर्क साझेदार कार्यालयको आवश्यकता औल्लाउँदै महानगरको पहलमा सम्पर्क कार्यालयको कार्यान्वयन गर्न लागिएको उहाँको भनाइ रहेको छ।

 ढल निकास, टेलिफोन तथा विद्युत सेवा, खानेपानी वितरण प्रणाली जुनसुकै क्षेत्रको काम गर्नु परे पनि अब महानगरपालिकाको स्वामित्वमा भएका सडक खण्डमा काम गर्न महानगरपालिकासँग र सडक विभागको स्वामित्वमा भएका सडक खन्न विभागसँग स्वीकृति लिनु पर्नेछ । सडकमा भएका खाल्टाखुल्टी लामो समयसम्म नटालिने गरेको, त्यसको जिम्मेवारी कसैले नलिने यसका कारण नागरिकलाई सास्ती भइरहने, पूर्वाधार भत्किने क्रम नरोकिने अवस्थाका विषयमा छलफल गर्दै बैठकले यस्तो निर्णय गरिएको हो ।

काठमाडौँमा काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयको खानेपानी पाइप लाइन विस्तार र परीक्षण, विद्युत प्राधिकरणको भूमिगत तार सञ्जाल निर्माण, नदी किनाराको करिडोर निर्माण, अण्डरपास सञ्चालन, चक्रपथ सुधार, टेलिफोन तथा इन्टरनेट सेवा प्रदायकका काम धेरै देखिन्छन् ।

बैठकमा सडक विभाग, उपत्यका ट्राफिक प्रहरी कार्यालय, यातायात व्यवस्था विभाग, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, लिमिटेडअन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालय, काठमाडौँ उपत्यका विकास प्राधिकरण, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति, नेपाल विद्युत प्राधिकरण, दूरसञ्चार प्राधिकरण र खानेपानी तथा ढल व्यवस्थापन विभागका प्रमुखहरुको उपस्थिती रहेको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु