मङ्लबार, जेष्ठ १, २०८१

संसद् अवरोध प्रति राष्ट्रपतिको चासो,सर्वदलीय बैठक बोलाउने तयारी

काठमाडौं साउन ३२ ,

राष्ट्रपति रामचन्द्र पौडेलले संसद्‌को गतिरोध हटाउने विषयमा छलफल गर्न भाद्रको पहिलो साता सर्वदलीय बैठक बोलाउने तयारी गरेका छन् ।

त्रिभुवन विमानस्थलबाट अवैध रुपमा भित्रिएको सुन काण्डको छानबिन गर्न उच्चस्तरीय समिति बनाउन माग गर्दै एक साताभन्दा बढीदेखि संसद अवरुद्ध गर्दै हुँदै आएका कारण संसद् अवरोध हटाउन राष्ट्रपतिले चासो देखाएको हो ।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्रीलाई भेटेपछि बैठकको मिति तय हुने जानकारी दिदै सम्भवतः आइतबार बैठक आव्हान हुने बताउनुभयो ।

यसअघि राष्ट्रपति पौडेलले बुधबार नेकपा एमाले अध्यक्ष केपी ओलीसँग भेट गरी संसद् अवरोध हटाउन सल्लाह दिएका थिए । त्यसअघि राष्ट्रपति पौडेलले सभामुख देवराज घिमिरेलाई पनि भेटेका थिए ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु