सोमवार, जेष्ठ ७, २०८१

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति नबनाएसम्म संसद्मा जारी अवरोध कायमै :अध्यक्ष ओली  

प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग

काठमाडौं साउन २८,
नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारले सुनकाण्डबारे उच्चस्तरीय छानबिन समिति नबनाएसम्म एमालेले संसद्मा गर्दै आएको अवरोधलाइ जारी राख्ने बताउनुभएको छ ।

आइतबार पार्टी केन्द्रीय कार्यालयमा च्यासलमा आयोजित पत्रकार सम्मेलनमा वाल्दै अध्यक्ष ओलीले विमानस्थलमा भएको एक क्विन्टल सुन प्रकरणमा सरकारको संलग्नता रहेको दाबी गर्दै ‘सुन प्रकरणमा सरकारी संलग्नताविना भन्सार छली गर्नेहरुले मात्रै गरेका हुन् भन्ने पत्याउन सsने कुनै आधार नभएको भन्दै सुन तस्करी प्रकरणमा प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागेको हो ।

त्यस्तै उहाँले आफू प्रधानमन्त्री भएका बेला ३३ किलो सुन नभेटिए पनि दोषीलाई कारबाही गरिएको बताउँदै त्यसमाथि शंका लागे सरकारले छानबिन गर्न खुला चुनौती दिदै ३३ किलो सुन प्रकरणको छानबिन गराउदै  तत्कालीन सरकारले गरेको कारबाहीका कारण दोषी जेलमा रहेको भन्दै अहिलेको सुन काण्डको पनि उच्चस्तरीय छानबिन समिति मार्फत छानविन हुनु पर्ने आफ्नो पार्टीको वटम लाइन भएको बताउनुभयो ।

सरकारी कर्मचारीले गर्ने छानविन सरकार निर्देशित हुने भन्दै ओलीले कर्मचारीले गर्ने छानबिन विश्वसनीय हुन नसक्ने बताउँदै सुन प्रकरणमा उच्च स्तरीय समिति बनाउ सरकार किन हचकिएको हो त्यो जग जाहेर भएको बताउनुभयो ।

 त्यस्तै पत्रकार सम्मेलनमा नक्कली प्रमाणपत्रको अभियोगमा पक्राउ परेका कांग्रेस सांसद सुनील शर्मामाथि जाली अभियोग लगाउादै पक्राउ र्ग आफैमा सरकारको अराजकता भएको भन्दै उहाँले निर्माण व्यवसायीहरुको आन्दोलनमा समेत समर्थन जनाउँदै भने निर्माण व्यवसायीहरु गिरफ्तार गरिनु सरकारको अर्को अराजकताको श्रृखला भएको बताउनुभयो ।