सोमवार, जेष्ठ ७, २०८१

सरकार फेरबदलको विषयमा कुनै छलफल नभएको कांग्रेस प्रमुख सचेतक लेखकको जनाउ

काठमाडौं साउन २८,
आइतबार बसेको कांग्रेस संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बैठकमा सरकार फेरबदलको विषयमा छलफल नभएको बताउनुभएको छ।

त्यस्तै बैठकमा काँग्रेसका चार दर्जन भन्दा बढी सांसदले आफ्नो धारणा राखिसकनु भएको र सासंदहरुको धारणा राख्ने क्रम जारी रहेको जनाउ सहित सोमवार पनि बैठक जारी रहने बताउनुभयो।

साथै उहाँले बैठकमा संसद सदस्यहरुले महत्वपूर्ण विचारहरु अभिव्यक्त गर्नुभएको छ । पछिल्लो समय फौजदारी अभियोग लागेर नेताहरु पक्राउ परे पनि पार्टीले अनुशासनको कारबाही नगरेको लगायतका विभिन्न विषय केन्द्रीत सासंदहरुले अभिव्यक्त गरेका विचारहरुलाइ दस्तावेजिकरण गर्दै बैठकका लागि प्रस्तावित एजेन्दासंगै पारित गर्दै बैठक समापन हुने बताउनुभयो ।

त्यस्तै बैठक जारी छ छलफलमा सबै सांसदहरुले आ-आफ्नो धारणा राखेपछि उठेका विषयवस्तुलाइ सभापति शेरबहादुर देउवाले जवाफ दिने र नितिगत निर्णय सहित टुङ्गोमा पुर्‍याउँदै ठोस उपलब्धि हाँसिल गर्ने काँग्रेसको लक्ष्य रहेको प्रमुख सचेतक लेखकले बताउनुभयो ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु