सोमवार, जेष्ठ ७, २०८१

यस्तो छ  मन्त्रिपरिषद् बैठकका १८ बुँदे निर्णय

  • झुटो विवरण पेस गरी वंशजको आधारमा जिल्ला प्रशासन कार्यालय पर्साबाट नागरिकता लिने अमन चौधरी [अग्रवाल] र जिल्ला प्रशासन कार्यालय कास्कीबाट नागरिकता लिने सोफिया रुथ भण्डारीको नागरिकता रद्द
  • अधिकृतस्तरका ७१५ अस्थायी दरबन्दी स्वीकृत

काठमाडौं साउन २४,
मङ्गलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकको गरेको १८ बुँदे निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जनवादी गणतन्त्र चीनको कुनमिङ्ग शहरमा साउन ३१ देखि भदौ ३ गतेसम्म आयोजना हुने सातौं ‘चाइना–साउथ एसिया एक्सपो’मा सहभागी हुन उपराष्ट्रपति यादवको चीन भ्रमण कार्यक्रम स्वीकृत गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

त्यस्तै उहाँले प्रधानमन्त्री रोजगार कार्यक्रम र श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका लागि आव २०८०–०८१ मा आवशयक पर्ने राजपत्राङ्कित अधिकृतस्तरका ७१५ अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णयसंगै आर्थिक तथा पूर्वाधार समितिबाट पेस भएको सिंहदरबारको संशोधित गुरुयोजना र आर्थिक तथा पूर्वाधार समितिबाट पेस भएको राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० स्वीकृत निर्णय गरेको जानकारी दिg’भयो ।

त्यस्तै मन्त्रिपरिषद्, विधेयक समितिबाट पेस भएको बैंकिङ कसुर तथा सजाय [दोस्रो संशोधन] विधेयक, २०८० संघीय संसद्‌मा पेस गर्न स्वीकृत दिने निर्णयसंगै कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मालाई स्विट्जरल्यान्डको जुरिचमा आयोजना हुने को-अपरेस इन फाइनान्सिङ, सोसल हुमानिटेरियर, पीपीपी एन्ड ग्रिन प्रोग्राम्स लगानी सहकार्य विषयक कार्यक्रममा र त्यस्तै भाद्र १९ र २० गते स्विडेनमा हुने इन्गेजिङ इन्डिजेनियस पिपुल इन इलेक्सन्स कार्यक्रममा सहभागी हुन प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई स्वीकृति दिएको जानकारीदिनुभयो ।

त्यस्तै बैठकले ५ रुपैयाँ दरका १५ करोड थान सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिएको छ भने हेटौंडा-ढल्केवर-इनरुवा ४०० केभी प्रशारण लाइन आयोजनाको सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र मकवानपुर जिल्लाहरुमा प्रशारण लाइनको अधिकार क्षेत्रभित्र पर्ने जग्गा र सोभित्र रहेका संरचनाहरुको क्षतिपूर्ति निर्धारण गर्न समितिको अध्यक्ष र सदस्य तोक्ने निर्णय गरिएको जानकारी दिनुभयो ।

त्यस्तै गरि मन्त्रिपरिषद्ले अमन चौधरी[अग्रवाल] ले झुटो विवरण पेस गरी जिल्ला प्रशासन कार्यालय पर्साबाट मिति २०७७/७/२५ मा प्राप्त गरेको वंशजको आधारमा नेपाली नागरिकताको प्रमाणपत्र र सोफिया रुथ भण्डारीले झुटा विवरण पेस गरी जिल्ला प्रशासन कार्यालय कास्कीबाट २०७९-४-२६ मा वंशजको आधारमा लिएको नागरिकता रद्द गरी संलग्न व्यक्तिलाई कारबाही गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी  दिनुभयो ।

मन्त्रिपरिषद् बैठकका थप -निर्णय

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु