सोमवार, जेष्ठ ७, २०८१

प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रप्रसाद सहित १० जनाविरुद्ध मुद्दा दायर

काठमाडौं साउन २४,
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार सिम्रौनगढ नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रप्रसाद साह कानुसहित १० जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।

आयोगले सिम्रौनगढ नगरपालिका–३ मा सामुदायिक भवन निर्माण कार्य र वडा नम्बर ३ नयकाटोलमा बर्थिङ्ग सेन्टर निर्माण कार्यमा सम्झौता विपरीत निर्माणस्थलमा भएको परिमाणको झुट्ठा बिल भरपाई बनाई ३७ लाख ९३ हजार ३९२ भ्रष्टाचार गरेको अनुसन्धानको क्रममा खुलेसंगै उनिहरुविरुद्ध मुद्धा दायर गरेको हो ।

मुद्धा दायर गरिएको तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत साह सहित लेखा अधिकृत सर्मेन्द्रप्रसाद चौधरी, इन्जिनियर सुरेशकुमार यादव र सब– इन्जिनियर उपेन्द्र कुशवाहा रहेका आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो ।

त्यस्तै प्रवक्ता दाहालले सिम्रौनगढ नगरपालिकासँग भएको सम्झौता बमोजिमको शर्त पालना नगरी, लागत अनुमान बमोजिम गर्नुपर्ने कुनै काम नगरी कार्य सम्पन्न भएको भनी परिमाणको झुट्टा बिल भरपाई पेश गर्दै १८ लाख ८५ हजार ८६० भुक्तानी लिने सामुदायिक भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष सिकेन्द्रप्रसाद यादव, सचिव विजयकुमार यादव र कोषाध्यक्ष कविता देवी तथा बर्थिङ सेन्टर निर्माण उपभोक्ता समितिका अध्यक्ष रामलोचन साह कानु, सचिव छठु गिरी र कोषाध्यक्ष अनिता देवीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दर्ता गरिएको जानकारीसंगै निजहरुसंग १८ लाख ८५ हजार ८६० रुपियाँ बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरिएको बताउनुभयो ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु