सोमवार, जेष्ठ ७, २०८१

पप्पु कन्स्ट्रक्सनसहितका २३ निर्माण कम्पनी कालोसूचीमा [सूची सहित]

काठमाडौं साउन २२,
सार्वजनिक खरिद अनुगमन कार्यालयले आज एक सार्वजनिक सूचना जारी गर्दै समयमा काम नगर्ने २३ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ ।  सार्वजनिक खरिद अनुगमन कार्यालयले आफुले पाएको कार्यसम्पादनको जिम्मेवारी निर्धारित समयसिमा भित्र सम्पन्न नगरेका कारण न्यूनतम ६ महिनादेखि १ वर्ष सम्मका लागि कालोसूचीमा राखेको हो ।

यसरी कालोसूचीमा परेको निर्माण कम्पनी मध्ये सडक डिभिजन कार्यालय हर्कपुर ओखलढृङ्गाको सिफारिसमा सुमित रौनियार संचालक रहेको पप्पु कन्स्ट्रक्सन, तुलाबहादुर लामा संचालक रहेको कोशी एण्ड न्यौपाने निर्माण् सेवा प्रालि, पूर्वाधार विकास कार्यालय ललितपुरको सिफारिसमा इश्वर रिमाल सञ्चालक रहेको नतासा निर्माण कम्पनी, सडक डिभिजन कार्यालयको सिफरिसमा लक्ष्मण पाण्डे सञ्चालक रहेको त्रिवेणी निर्माण सेवा , सडक डिभिजन कार्यालय भरतपुरको सिफारिसमा शोभा न्यौपाने सञ्चालक रहेको समृद्ध निर्माण सेवा रहेका छन ।

त्यस्तै सडक डिभिजन कार्यालय भक्तपुरको सिफारिसमा राजा वहादुर झा सञ्चालक रहेको जनकपुरको नव निर्माण विल्डर्स, शहरी विकास तथा भवन निर्माण विभागको सिफरिसमा धुव्र कुमार न्यौपाने सञ्चालक रहेको ललितपुरको चेतना कन्स्ट्रक्सन र इन्द्रकुमार लामा सञ्चालक रहेको युकेएन निर्माण सेवासंगै पाँचथरको बुढाथोकी निर्माण सेवा , नयाँ निर्माण सेवा पाँचथर , शुभम निर्माण सेवा चितवन लगायतका कम्पनी रहेका छन ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु