सोमवार, जेष्ठ ७, २०८१

सर्वोच्चको आदेशसंगै विषेशबाट उन्मुक्ति पाएका पूर्वप्रमद्वय नेपाल र भट्टराई पनि अनुसन्धानमा तानिए

ललिता निवासको जग्गा प्रकरणको छानबिन हुनुपर्ने र आफूले पूर्ण सहयोग गर्ने भट्टराईको जिकिर

काठमाडौं साउन २२ ,
सर्वोच्च अदालतले  ललिता निवासको जग्गा हिनामिना प्रकरणका मुख्य निर्णयकर्तालाई समेत अनुसन्धानमा ल्याउन आइतवार आदेश दिएसंगै ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणको अनुसन्धानमा नयाँ अध्यायको शुरवात भएको छ।

बालुवाटारस्थित ललिता निवासको १४३ रोपनी सरकारी जग्गा २०४९ देखि २०६९ सम्मका विभिन्न निर्णयबाट बढी व्यक्तिका नाममा पुगेको घटनाको अनुसन्धानको क्रममा अव तत्कालीन प्रधानमन्त्रीहरू माधवकुमार नेपाल र डा।बाबुराम भट्टराई माथि समेत अनुसन्धान हुने भएको  हो ।

यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मन्त्रिपरिषद्को निर्णयमा आफ्नो क्षेत्राधिकार नरहेको भन्दै २०७६ माघ २२ गते विषेश अदालतमा दायर गरेको मुद्दामा दुवै पूर्वप्रधानमन्त्रीलाई उन्मुक्ति दिएको थियो ।  त्यस्तै आइतवार नेपाली कांग्रेसका नेता तथा पूर्व भौतिक योजना मन्त्री विजयकुमार गच्छदारसहित तीन मन्त्री र एकजना राज्यमन्त्री बिरुद्ध पक्राउ पूर्जी समेत जारी भइसकेको सीआईबी स्रोतले जनाएको छ ।

यसैवीच यसैवीच ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरण अन्र्तगत २०७६ माघ २२ गते अख्तियारले विषेश अदालतमा दायर गरेको मुद्दामा उन्मुक्ति पाएका पूर्वप्रमद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई समेत अनुसन्धानमा तानिएका छन ।    सर्वोच्चको आदेशसंगै पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल आज बिहानै युरोप लागेका छन् भने पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले भने यसको छानबिन हुनुपर्ने र आफूले पूर्ण सहयोग गर्ने  बताएका छन् ।

पूर्व प्रधानमन्त्री भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ललितानिवास लगायत जुनसुकै प्रकरणमा राज्यका मन्त्रीपरिषद लगायत सबै तहबाट भएका निर्णयहरू उपर निष्पक्ष छानवीन गरेर कानूनविपरित, राज्यलाई नोक्सान हुने,निजी लाभ लिने ढंगले कार्य भए गरेको भए जतिसुकै उच्च तहको व्यक्ति भए पनि कानून अनुसार कार्वाही गरिनुपर्छ र देशमा विधिको शासन कायम गरिनुपर्छ भन्ने मेरो आजीवन मान्यता र प्रतिबद्धता रहेको छ। अतः मेरो प्रम कालमा भएका सबै निर्णयहरूको निष्पक्ष छानबिन गर्न र आवश्यक कारबाही गर्न सरकार र सम्बन्धित निकायलाई मेरो विनम्र आग्रह छ।

ललितानिवास प्रकरणमा सम्मानित सर्वोच्च अदालतले दिएको निर्देशन अनुरूप छानबिन भएमा त्यसमा पूर्ण रूपले सहयोग गर्न मेरो प्रतिबद्धता रहेको छ। केही समय पहिले अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गरेको छानवीनमा पनि मैले सहर्ष सहयोग गरेको सर्वविदितै छ ।’मेरो त्यति वेलाको बयानको व्यहोरा पुनः सार्वजनिक जानकारीका निम्ति यहॉ प्रस्तुत छ भन्दै आफ्नो जिकिर राखेका छन ।

 

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु