मङ्लबार, अशोज १६, २०८०

काठमाडौं युनियनको पदस्थापना

काठमाडौं साउन १९,
नेपाल प्रेस युनियन काठमाडौं शाखाको ९औं जिल्ला अधिवेशन मार्फत निर्वाचित महेश गौतमको नेतृत्वमा निर्वाचित नयाँ कार्यसमितिलाइ पद हस्तान्तरण कार्यक्रम विहिवार सम्पन्न् भएको छ।  नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाको प्रमुख आतिथ्यतामा आयोजित ए विशेष कार्यक्रमकावीच महेश गौतमको नेतृत्वमा निर्वाचित ३४ सदस्य नयाँ कार्यसमितिको पदस्थापना तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको  हो ।  नेपाल पत्रकार महासंघका काठमाडों शाखाका सचिव समेत रहेको गौतम ३१५ प्राप्त गर्दै प्रेस युनियन काठमाडौंको अध्यक्षमा निर्वाचित भएको हो ।

पद हस्तान्तरण कार्यक्रमलाइ सम्बोधन गर्दै प्रमुख अतिथि डा.कोइरालाले पार्टीका उच्च नेताहरुकै संरक्षणमा देशमा भ्रष्टाचार तस्करी मौलाएको आरोप लगाउँदै सरकारी स्वामित्वमा रहेको ललिता निवासको जग्गा व्यक्तिको नामा ल्याउने कार्यमा संलग्न कर्मचारीलाई कारबाहीको प्रक्रिया अघि बढाए पनि निर्णय गर्ने नेतृत्वलाई भने उन्मुक्ति दिनु न्यायको सिद्धान्त विपरित भएको बताए।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु