सोमवार, जेष्ठ ७, २०८१

राप्रपाको नवीन अवधारणा अभियान: केन्द्रीय सदस्य पदका लागि देशभरबाट खुला आवेदन माग

काठमाडौं साउन १८,
राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टीलाई युवामैत्री बनाउन २० केन्द्रीय सदस्य पदका लागि देशभरबाट खुला आवेदन माग गरेको छ । ४० वर्षमुनिका क्षमतावान युवालाई नेतृत्व तहमा लैजाने निति अनुरुप राप्रपाले नवीन राप्रपा’ अवधारणाअन्तर्गत पार्टीलाई युवामैत्री बनाउन २० केन्द्रीय सदस्य पदका लागि देशभरबाट खुला आवेदन माग गरिएको हो ।

 त्यस्तै राप्रपाले सदस्य बन्न चाहने उम्मेदवारले आफ्नो व्यक्तिगत विवरण तथा कार्ययोजना आगामी भाद्र पहिलो सातासम्म केन्द्रमा पठाउनुपर्ने उल्लेख गर्दै प्रस्तावित कार्ययोजना अनुसार आवेदन दिने उम्मेदवार मध्येबाट भूगोल, जनसङ्ख्या, पार्टीको प्रभाव क्षेत्र विस्तारको सम्भावना र नेतृत्व विकासका सम्भावनाको आधारमा न्यूनतम ५० प्रतिशत महिलासहित २० जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरिने राप्रपाले जनाएको छ ।

साथै प्रतिस्पर्धाबाट केन्द्रीय सदस्यमा छनोट हुने उम्मेदवारमा सूचना प्रविधि र सामाजिक सञ्जाल परिचालनमा दक्ष, बहुभाषाको ज्ञान भएको, प्रत्यक्ष निर्वाचनमा पार्टीको उम्मेदवार बन्न सक्ने क्षमता सहित पार्टीको नीति, सिद्धान्त, एजेण्डा र उद्देश्यप्रति प्रतिबद्ध रही सक्रिय राजनीति गर्नुपर्ने राप्रपाले जनाएको छ।