सोमवार, जेष्ठ ७, २०८१

सर्वोच्चको प्रन्याको नाम सिफारिसका लागि आज संवैधानिक परिषद्को बैठक बस्दै

काठमाडौं साउन १८,
संवैधानिक परिषद्को बैठक आज बस्दैछ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा साँझ ५ बजे बस्ने आजको बैठकले सर्वोच्चको नयाँ प्रधानन्यायाधीशका लागि नाम सिफारिससंगै महालेखा परीक्षक लगायतका अन्य संवैधानिक अंगमा रिक्त पदबारे छलफल सहित नितिगत निर्णय गर्ने भएको छ।

यसअघि मंगलवार परिषद्को बैठक बसेपनि दलहरुबीच सहमति बन्न नसकदा नयाँ प्रधानन्यायाधीशका लागि नाम सिफारिस हुन सकेको   थिएन ।  यद्यपी आज बस्ने बैठकले सर्वोच्चमा हाल बहाल रहेका १४ मध्ये वरिष्ठतम् न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाइ प्रधानन्यायाधीशमा सिफारिस गर्ने प्राय निश्चित रहेको बताइन्छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु