सोमवार, जेष्ठ ७, २०८१

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री थापाले लिए पद तथा गोपनीयताको शपथ

 काठमाडौ साउन  १७,
कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख परशुराम खापुङले थापालाई शपथ दिलाउनु भएको हो ।

मुख्यमन्त्री थापाले आफ्नो सपथ लगत्तै आफु नेतृत्वको सरकारमा सहभागी हुने ३ सदस्यीय मन्त्रिपरिषद् समेत गठन गर्नुभएको छ । नवगठित मन्त्रिपरिषद्मा गठबन्धन दल कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीबाट एक९ एक मन्त्री समेत नियुक्त गर्नुभएको छ।

माओवादीबाट यसअघि सभामुखको जिम्मेवारीमा रहेका बाबुराम गौतमलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिइएको छ भने कांग्रेसका प्रदीपकुमार सुनुवारले खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयको जिम्मेवारी पाएका छन । त्यस्त्ै एकीकृत समाजवादीबाट कमलप्रसाद जबेगूले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् ।  दोस्रोपटक मुख्यमन्त्री बनेका थापाले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्नेछ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु