सोमवार, जेष्ठ ७, २०८१

मन्त्रिपरिषद् बैठक: जीईएफबाट प्राप्त २० करोड अनुदान स्वीकार गर्ने निर्णय

काठमाडौं साउन १६
आज बसेको मन्त्रिपरिषद्को बैठकले महामारीपीडित किसानलाई क्षतिपूर्ति दिनका लागि प्रस्ताव तयार पार्न कृषि मन्त्रालयलाई निर्देशन दिने निर्णय संगै लम्पी स्किन महामारीबाट सङ्क्रमित पशुमा लगाइने खोप निःशुल्क रूपमा उपलब्ध गराउने निर्णय गरेको छ ।

यस्तै, बैठकले विश्व वातावरण सुविधा ९जीईएफ०बाट जलाधारको पुनरुत्थान र जीवीकोपार्जन सुधार परियोजनाका लागि २० करोड २२ लाखरुपियाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

त्यस्ते आजको बैठकले विज्ञापन नियमन गर्ने [पहिलो संशोधन] नियमावली, २०८० स्वीकृत गर्ने निर्णयसंगै संघीय शिक्षा विधेयक संसद्मा पेस गर्न स्वीकृति दिने निर्णय गरेको छ ।