सोमवार, जेष्ठ ७, २०८१

संवैधानिक परिषद्को बैठक विनानिष्कर्ष सकियो अर्को बैठक साउन १८ मा

काठमाडौं साउन १६
सर्वोच्चको नयाँ प्रन्या तथा न्यायाधीश नियुक्तिको सिफारिसका लागि आज सिंहदरबारमा बसेको संवैधानिक परिषद्को बैठक विनानिष्कर्ष टुंगिएको छ ।

आजको बैठकमा प्रधानन्यायाधीशको नाम सिफारिस गर्ने एजेन्डामा छलफल भए पनि साउन १८ विहीबार बेलका ५ बजे बस्ने परिषद्को अर्को बैठकले प्रन्या तथा न्यायाधीश नियुक्ति सिफरिस गर्ने परिषद सदस्य एवं राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

साथै उनले वरीयताक्रम अनुसार प्रन्याका लागि विश्वम्भरप्रसाद श्रेष्ठको नाम अगाडि रहेको र बैठकले श्रेष्ठलाई प्रधानन्यायाधीश सिफारिस गर्ने लगभग निश्चित रहेको समेत बताए । त्यस्तै अन्य रिक्त रहेका पदमा समेत नियुक्तिको सिफारिस गर्ने बताइएकोछ ।