सोमवार, जेष्ठ ७, २०८१

प्रतिनिधिसभा बैठक सूचना टाँस गरी स्थगित, अर्को बैठक साउन २२ मा

काठमाडौं साउन १६
प्रतिनिधसभाको बैठक २०८० आगमी साउन २२ गते सोमबारसम्मका लागि स्थगित गरिएको छ । संघीय संसद्‌का महासचिव भरतराज गौतमले आज सूचना टाँस गरी साउन २२ गते दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरिएको जानकारी दिएको हो ।

यसअघि  ‘आज दिनको १ बजे बस्ने गरी तोकिएको प्रतिनिधिसभाको बैठक बस्ने कार्यसूची रहेको थियो । तर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति गठन नभए संसद् अवरोध गर्ने अडान राखेपछि सभामुख देवराज घिमिरेको निर्देशनमा बैठक २२ गतेसम्मका लागि स्थगित गरिएको हो ।

त्यसोत संसद बैठक सुचारु गर्न आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सत्तारुढ र प्रतिपक्षी दुवै आ९आफ्नै अडान कायमै राखेपछि सभामुख देवराज घिमिरेले सूचना टाँसेर प्रतिनिधिसभाको बैठक स्थगित गराएका हुन् ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु