आइतवार, जेष्ठ ६, २०८१

सुन तस्करी प्रकरण: होटेल भियनामा विभागको छापा, एक पक्राउ

काठमाडौं साउन १४ ,
राजश्व अनुसन्धान विभागले एक क्विन्टल सुन तस्करी प्रकरणमा अन्र्तगत राजधानीको ठमेलस्थित होटेल भियनामा छापा मारेको छ । विभागका अनुसार हङकङबाट सुन ल्याएर नेपालमा व्यवस्थापन गर्न होटेल भियना प्रयोग हुँदै आएको पाइएपछि विभागले होटेल आज बिहान छापा मारेको हो ।

छापा मार्ने क्रममा विभागले सुन तस्करी प्रकरणमा होटेलबाट केही कागजपत्रसहित    होटल भियनाका सञ्चालक  दावा छिरिङलाई पक्राउ गरिएको छ ।  विभागले प्रस्तुत प्रकरणमा अहिलेसम्म विभानस्थलका कर्मचारी, ट्याक्सी चालकसहित १८ जनालाई पक्राउ गरिसकेको छ ।