सोमवार, जेष्ठ ७, २०८१

प्रदेश सरकार गठनका लागि सत्तागठन्धन दलका शीर्षनेताहरुबीच छलफल

काठमाडौं साउन १३,
कोशी प्रदेश सरकार गठनको प्रसंग केन्द्रीत हुँदै सत्तागठन्धन दलका शीर्षनेताहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा आज छलफल गरेका छन् ।  कांग्रेस नेतृत्वको उद्धव थापा नेतृत्वको सरकार असंवैधानिक भन्दै सर्वोच्चले बदर गरिदिएपछि प्रदेश प्रमुख पर्शुराम खापुङले शुक्रवार साउन १६ गतेभित्र बहुमत पुर्याएर मुख्यमन्त्रीको दावी पेस गर्ने दलहरुलाई आह्वान गरेपछि दलहरुवीच सरकार गठन केन्द्रीत छलफल शुरु भएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा सत्तागठन्धन दलका शीर्षनेताहरुबीच हुँदै गरेको छलफलमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड , नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित अन्य नेताहरु सहभागी रहेका छन ।

छलफलको क्रममा सत्तागठन्धन दलका शीर्षनेताहरुबीच कोशी प्रदेश सरकार गठनका लागि तीनवटा विकल्पमा छलफल भइरहेको छ बुझिएको छ। पहिलो विकल्पमा जुन दलको नेतृत्वमा बहुमत पुग्छ उसकै नेतृत्वमा सरकार गठनका लागि विकल्प खुल्ला राख्ने, दोस्रो राप्रपालाई गठबन्धनमा सहभागी गराउने र तेस्रो सभामुखलाई राजनीनामा गराएर भएपनि सरकार गठन गर्ने तयारी रहेको थाहा भएको छ।

 यसैवीच विपक्षी नेकपा एमालेले पनि प्रदेशको ठूलो दल भएको भन्दै सरकार गठनका लागि सबैदलहरुसँग छलफल गरिरहेको जनाएको छ । ९३ सदस्यीय कोशी प्रदेशमा सत्ता गठबन्धनदलमा सभामुख बाहेक ४६ सांसद रहेको छ भने एमालेको ४० र राप्रपाको ६ गरि ४६ सांसद रहेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु