सोमवार, जेष्ठ ७, २०८१

काँग्रेस महामन्त्री थापाले बुझाए आयोगलाइ १५ हजार जरिवाना

काठमाडौं साउन ११,
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले निर्वाचन आयोगलाई निर्वाचन खर्च विवरण नबुझाएका कारण जरिवाना स्वरुप १५ हजार रुपैयाँ तिरेका छन् ।  महाम्न्त्री थापाले निर्वाचनको खर्च विवरण आयोगलाई बुझाए पनि सार्वजनिक गरेको प्रमाण सम्बन्धित निर्वाचन कार्यालयमा नबुझाएका कारण आयोगलाइ १५ हजार जरिवाना तिरेको हो ।

आयोगले यसअघि निर्वाचित जनप्रतिनिधिले खर्च विवरण सार्वजनिक गरेको प्रमाण सम्बन्धित जिल्ला निर्वाचन कार्यालय वा प्रदेश निर्वचान कार्यालयमा बुझाउनुपर्ने कानुनी व्यवस्था अनुसार खर्च विवरण नबुझाएका उम्मेदवारहरुलाइ १५ हजार जरिवाना गर्ने निर्णय सहितको सूचना सार्वजनिक गरेको थियो।

त्यस्र्त जरिवाना बुझाएसंगै महामन्त्री थापाले गत मंसिरमै आयोगलाई बुझाएको २३ लाख ४२ हजार ७६८ रुपैयाँ १० पैसाको खर्च विवरणसमेत सार्वजनिक गरेका छन् ।

यसैवीच महामन्त्री थापाले आफ्नो सामाजीक सञ्जाल पेजमा मैले निर्वाचन आयोगमा मिति २०७९-८-२५ मा आफ्नो खर्च विवरण बुझाइसकेको छु। यो विवरण सार्वजनिक पनि भएको थियो। तर यस्तो जानकारी आयोगलाई गराउनु पर्ने जानकारी नभएको जानकारी गराउँछु। अतः १५ हजार जरिवाना तिरेको जानकारी गराउँदै, पहिला नै आयोगलाई बुझाएर सार्वजनिक भैसकेको निर्वाचन खर्च विवरण पुनः सार्वजनिक गरेको जानकारी सहितको टिपोट लेखेका छन ।