सोमवार, जेष्ठ ७, २०८१

गोरखापत्रका अध्यक्ष सुवेदी सहित पाँच जनालाई भ्रष्टाचारको मुद्दा चलाउन मन्त्रालयलाई निर्देशन

काठमाडौं साउन १०,
राष्ट्रिय सतर्कता केन्द्रले सरकारी सञ्चारमाध्यम गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष बिष्णुप्रसाद सुवेदीलाई भ्रष्टचारको मुद्दा चलाउन सिफारिस गरेको छ ।

सतर्कता केन्द्रले विधि र प्रक्रिया विपरीत तोक आदेशको भरमा पत्रकारसहित १२ जनालाइ करारमा नियुक्त गरेको भन्दै कार्यकारी अध्यक्ष सुवेदीसहित पाँच जनालाई भ्रष्टाचारको मुद्दा चलाउन मन्त्रालयलाई निर्देशन दिएको हो ।

सतर्कता केन्द्रको कारवाही सिफारिसमा कार्यकारी निर्देशक सुवेदीले गोरखापत्र संस्थानमा दुईजना उपसम्पादक, ७ जना समाचारदाता, एकजना परामर्शदाता र दुई जना वरिष्ठ सहायक पदमा नियुक्त गरेको उल्लेख गरेको छ ।

 त्यस्तै सिफारिसमा गोरखापत्र संस्थान कर्मचारी सेवा शर्त विनियमावली २०५२ को विनियम ४१ बमोजिम पदपूर्ति समितिको सिफारिसको आधारमा उपयुक्त व्यक्तिलाई गर्नुपर्नेमा पदपूर्ति समितिको गठन एवं सिफारिस विना नै उक्त विनयमावलीको प्रक्रिया पालना नगरी टिप्पणी आदेशको भरमा नियुक्ति गरिएको पाइयो सतर्कता केन्द्रले भनेको छ ।

त्यस्तै यसरी भएका नियुक्तिहरु खारेज गरी गोरखापत्र संस्थानको कर्मचारी प्रशासन शाखाका वरिष्ठ सहायक रुपचन्द्र भट्ट, वरिष्ठ प्रशासन अधिकृत विमला खड्का, शाखा प्रमुख विक्रमबाबु राई, प्रशासन विभागका निमित्त निर्देशक ओमप्रकाश भुसाललाई कारबाही गर्न सतर्कता केन्द्रले सञ्चार मन्त्रालयलाई निर्देशन दिएको हो ।