सोमवार, जेष्ठ ७, २०८१

निर्वाचन खर्च विवरण पेस नगर्ने उम्मेदवारलाई १५ हजार रुपियाँ जरिवाना

  • प्रतिनिधि सभातर्फका १०३७
  •  प्रदेश सभातर्फका १३ सय ९८

 जम्मा २४ सय ३५ जनालाई १५ हजार रुपियाँ   जरिवाना  

काठमाडौ साउन ९,
निर्वाचन आयोगले २०७९ मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यमा उम्मेदवारलाई निर्वाचन खर्च विवरण पेस नगर्ने उम्मेदवारलाई १५ हजार रुपियाँ जरिवाना तोक्ने निर्णय गरेको छ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मंगलबार विज्ञप्ति जारी गर्दै प्रतिनिधि सभातर्फ २३ सय ७४ र प्रदेश सभातर्फ ३१ सय ८८ जना समेत गरी जम्मा ५५ सय ६२ लाई ऐन बमोजिम निर्वाचन खर्च विवरण सार्वजनिक गर्न लिखित जानकारी गराइएको थियो।

यसमा विवरण सार्वजनिक नगर्ने प्रतिनिधि सभातर्फका १०३७ र प्रदेश सभातर्फका १३ सय ९८ गरेर जम्मा २४ सय ३५ जनालाई १५ हजार रुपियाँका दलले जरिवाना गर्ने निर्णय गरिएको जानकारी दिनुभयो।

साथै तोकिएको जरिवाना ३५ दिन भित्र बुझाइ साकेो भौचर सहितको निवेदन आयोगमा दिन निर्देशन दिएको छ। त्यस्तै जरिवाना नबुझाउँने उम्मेदवालाइ तत्काल हुने कुनै एक निर्वाचनमा भाग लिन नपाउँने गरि रोक समेत लगाउने आयोगले जनाएके छ ।
्र