आइतवार, जेष्ठ ६, २०८१

लम्बियो काँग्रेस केन्द्रीय समिति बैठक, सोमबार पनि बैठक जारी रहने

काठमाडौं साउन ७,
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सोमबार दिउँसो ३ बजे पुनः बस्ने भएको छ । पार्टी मुख्यालयले गत मंगलबारदेखि जारी बैठक संभवत आज सकिने अपेक्षा गरिएपनि बैठकमा बोल्न सदस्यमात्र बाँकी रहेका कारण सोमवार पुन बैठक बस्ने भएको हो ।

आजको बैठकमा सहमहामन्त्रीहरु फरमुल्लाह मंसुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्दम्बे, महेन्द्र यादव, किशोरसिंह राठौर, बद्रीप्रसाद पाण्डे र जीवन परियारसंगै केन्द्रीय सदस्यहरु विमलेन्द्र निधी, विजयकुमार गच्छदार, डा. शशांक कोइराला, चित्रलेखा यादव, अर्जुननरसिंह केसी, प्रवक्ता डा. प्रकाशशरण महत, डा।शेखर कोइराला, डा. मिनेन्द्र रिजाल, एनपी साउद, श्यामकुमार घिमिरे, मोहनबहादुर बस्नेत, प्रदीपकुमार सुनुवार, विनोदकुमार चौधरी, भीम पराजुली र धना खतिवडाले आ–आफ्नो धारणा राख्नुभएको   थियो ।

त्यस्तै आजको बैठकमा पार्टीका तर्फबाट सरकारमा प्रतिनिधित्व गरेका मन्त्रीहरु अर्थमन्त्री डा.प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपी साउद, स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत, युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बू र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले आफ्नो मन्त्रालयले हालसम्म गरेका कार्यहरुको प्रगति विवरण पेश गरेका थिए ।