आइतवार, जेष्ठ ६, २०८१

आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक [पूर्णपाठ सहित]

काठमाडौं साउन ७,
नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गरेको छ । वेबसाइटमार्फत सार्वजनिक गरिएको मौद्रिक नीतिले नीतिगत दर ७ प्रतिशतबाट घटाएर ६ दशमलव ५ प्रतिशत कायम गरेको छ ।

मौद्रिक नीति सार्वजनिक गर्नुअघि राष्ट्र बैंक सञ्चालक समितिको बैठक बसेको थियो । उक्त बैठकले मौद्रिक नीति पारित गरेसँगै आर्थिक वर्ष ८०र८१ को मौद्रिक नीति सार्वजनिक गरिएको हो । मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले नीतिगत दर घटाएको छ भने बैंक तथा वित्तीय संस्थाको अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातलाई यथावत राखेको छ । नीतिगत दर घटाइएपछि बैंकहरुले राष्ट्र बैंकमार्फत् लिने अल्पकालीन सापटीमा लागत काम पर्न जानेछ । यसले समग्र ब्याज घटाउन बैंकहरुलाई दबाब पुग्ने अनुमान गरिएको छ ।

त्यस्तै, हालको बैंकदर ७ दशमलव ५ प्रतिशतको सीमालाई भने यथावत राखिएको छ । निक्षेप संकलन दर ५ दशमलव ५ प्रतिशतबाट ४ दशमलव ५ प्रतिशत कायम गरिएको छ। साथै विदेश भ्रमणमा जाने नेपालीले २ हजार ५ सय अमेरिकी डलरसम्मको विदेशी मुद्रा सटही सुविधा पाउने मौद्रिक नीतिमा उल्लेख गरिएकोछ । यसअघि १ हजार ५ सय अमेरिकी डलरसम्मको मुद्रा सटही सुविधामात्र रहेको थियो ।

यस्तोछ सार्वजनिक मौद्रिक नीतिको पूर्णपाठ