आइतवार, जेष्ठ ६, २०८१

राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्ने

काठमाडौं साउन ७,
नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दैछ। मौद्रिक नीतिबारे छलफल गर्न आजै राष्ट्र बैंक सञ्चालक समितिको बैठक बोलाइएको छ।  सरकारले आर्थिक वर्ष २०८०/८१ का निम्ति बजेट सार्वजनिक गरेको डेढ महिना बितेपछि मौद्रिक नीति आउन लागेको हो। ।

राष्ट्र बैंक व्यवस्थापनले मौद्रिक नीतिको खाका तयार गरेको भए पनि सञ्चालक समितिले आवश्यक थपघट गरेपछि मात्रै सार्वजनिक हुनेछ।

राष्ट्र बैंकले वैदेशिक मुद्राको सञ्चितिलाई असर नगर्ने, ब्याजदर नियन्त्रण गर्ने लगायतका उपायसहित मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको बुझिएको छ।  यसवीचमा निजी क्षेत्रले ब्याजदर नियन्त्रण र कर्जा लगानीमा उदार रहेको मौद्रिक नीतिको आवश्यकता रहेको बताउँदै आएका छन ।