सोमवार, जेष्ठ ७, २०८१

कांग्रेसको केन्द्रीय समितिको बैठक आज पनि जारी

काठमाडौं साउन ७,
नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज पनि जारी छ । बैठक बिहान ११ बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु हुने काँग्रेस मुख्यालयले जनाएको छ ।  आजको बैठकमा पार्टी महामन्त्री गगन थापाले प्रस्तुत गरेको पार्टीको वार्षिक कार्यक्रमसंगै मुलुकको अन्य समसामयिक राजनीतिक विषयमाथि छलफल हुने बताइएको छ।

यसअघि शुक्रबारको बैठकमा ३३ जना केन्द्रीय सदस्यले भ्रष्टाचारजस्तो गम्भीर विषयमा पार्टीको मौनता माथि टिप्पणी गर्दै सभापतिसहित पदाधिकारीको आलोचना सहितको आफ्नो अभिमत प्रस्तुत गर्दै पार्टी र सरकार सञ्चालनमा देखिएको फरक शैलीको विषयमा आफ्नो धारणा अभिव्यक्त गरेका थिए ।

त्यस्तै पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले संभवत आजै बैठक सक्ने तयारी गरेपनि बोल्न बाँकी सदस्यहरु धेरै रहेकाले सोमवारसम्म बैठक चल्न सक्ने बताउँदै यसवीचमा बैठकको निर्णयहरुलाइ लिपिवद्ध गर्दै पारित गर्ने जस्ता प्रक्रियाका   कारण बैठक सोमवार सम्म चल्ने उहाँको भनाइ रहेको छ ।