सोमवार, जेष्ठ ७, २०८१

मनसुनी वायुको आंशिक प्रभाव: बदलीसंगै पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं साउन ५,
मौसम पूर्वानुमान महाशाखाले महाशाखाले मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर रहेका कारण हाल देशमा मनसुनी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।

यद्यपी यसवीचमा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी भागमा आंशिक देखि सामान्य बदली रहेको जनाएको छ ।

महाशाखाका अनुसार आज गण्डकी, कर्णाली र लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकाध स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको जनाएको हो । त्यस्तै आज दिउँसो वागमती प्रदेशको काठमाडौं उपत्यका सहितका एकाध स्थानमा वदलीसंगै वर्षाको सम्भावना रहेको जनाएको छ ।