सोमवार, जेष्ठ ७, २०८१

त्रिभुवन विमानस्थलबाट ८० केजीभन्दा बढी सुन बरामद

काठमाडौं साउन ३,
राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबार साँझ ठूलो परिमाणमा भन्सार छली गरी ल्याएको सुन बरामद गरेको छ ।

विभागका अनुसार हङकङबाट काठमाडौं आएको क्याथे प्यासेफिक एयरलाइन्सको विमानमार्फत ल्याइएको ८० केजीभन्दा बढी सुन बरामद भएको रबरामद भएको सुन राजस्व अनुसन्धान विभागको कार्यालय हरिहरभवन लगिएको छ ।

त्यस्तै बरामद भएको सुन विमानस्थलको रेकर्डमा रेडी लिङ्क बुढानिलकण्डको नाममा रहेको विभागले जनाएको छ । साथै सुन तस्करी प्रकरणमा संलग्न भएको आशंकामा प्रहरीले दुई जनालाई प्रकाउ गरेको छ भने मुख्य मालिकको खोजी भइरहेको विमानस्थल प्रहरीले जनाएको छ ।