सोमवार, जेष्ठ ७, २०८१

समतामूलक समाज निर्माण गर्ने संकल्प सहित अघि बढनु पर्नेमा उपराष्ट्रपति यादवको जोड

पूर्वप्रशासकद्वय गोरक्ष बहादुर न्हुछे प्रधान र भानुप्रसाद आचार्य हेमबहादुर मल्ल सम्मानबाट सम्मानित

काठमाडौं साउन ३,
उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाल जन–प्रशासन संघले बुधबार काठमाडौंमा आयोजना गरेको हेमबहादुर मल्ल सम्मान वितरण कार्यक्रमलाइ सम्बोधन गर्दै मुलुकको आर्थिक समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्पका साथ अघि बढनु पर्ने बताउनु भएको छ ।

त्यस्तै कर्मचारी संयन्त्रमा सुनिने गरिएका गुनासो, विकृति, विसंगतिको अन्त्यका लागि पनि जनमुखि सेवा प्रवाहको कामलाई थप प्रभावकारी बनाउनुपर्ने  बताउँदै उहाँले जनताको सेवा प्रवाहको कामलाई सहज, सरल, प्रभावकारी र पारदर्शी बनाउन पनि नेपाल जन प्रशासन संघले उनीहरुको क्षमता अभिवृद्धिका लागि आवश्यक प्रशिक्षणको व्यवस्था गर्नुपर्ने बताउँनुभयो ।

साथै उहाँले मुलुकमा सदाचार, इमान्दारिता, जवाफदेहिता, पारदर्शिता अभिवृद्धि गर्नका लागि संघले पैरवी र वकालतको कामलाई पनि तीव्रता दिने विश्वास समेत व्यक्त गर्नुभएको छ।

 

कार्यक्रममा उपराष्ट्रपति यादवले मुलुकको प्रशासन र व्यवस्थापनको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका पूर्वप्रशासकद्वय गोरक्ष बहादुर न्हुछे प्रधान र भानुप्रसाद आचार्यलाई नगद २ लाखर सम्मानपत्रसहित सम्मान गर्नुभएको थियो ।

साथमा यो पनि