सोमवार, जेष्ठ ७, २०८१

सीताले पाएको सम्मान र श्रद्धाञ्जली, जनताको न्याय र सम्मान : प्रधानमन्त्री

काठमाडौं साउन २
प्रधानमन्त्री पुष्पकमल दाहाल पत्नी स्वर्गीय सीता दाहालको स्मरणमा आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ । गत असार २७ गते निधन भएकी स्वस्दाहालको नर्भिक अस्पतालमा ६९ वर्षको उमेरमा निधन भएको थियो।

 श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफ्नी पत्नी सीता दाहालले अरूलाई पीडा नदिई मृत्युवरण गरेको बताएका छन्। त्यस्तै आफ्नो जीवन संगिनीको उपचारमा संलग्न चिकित्सकहरुलाई धन्यवाद दिदै प्रम प्रचण्डले सीता थला परेपछि अन्तिम अवस्था दुःखदायी हुन्छ कि भन्ने हामीलाई चिन्ता थियो, अन्तिम अवस्थामा आइसियू वा भेन्टिलेटरमा पीडादायी मृत्युवरण देख्नुपर्छ कि डर पनि थियो, तर बाँच्दासम्म अरूलाई पीडा दिन नजानेकी सीताले मृत्यु पनि निकै शान्त रोजिन् ।

उनले अस्पतालदेखि पार्टी कार्यालयसम्म, आर्यघाटदेखि बालुवाटारसम्म सीताले पाएको सम्मान र श्रद्धाञ्जली त्याग तपस्या र बलिदानप्रति जनताको न्याय र सम्मान हो भन्ने आफूले ठानेको बताए ।

श्रद्धाञ्जली सभामा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्ययाधीश हरिकृष्ण कार्की, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन, पूर्वप्रधानमन्त्रीहरु, मन्त्रीहरु, प्रदेश प्रमुख र मुख्यमन्त्रीहरु, सांसदहरु, राजदूत तथा कूटनीतिक नियोगका प्रतिनिधिहरु लगायत शुभेच्छुक तथा शुभचिन्तकहरुको उपस्थिति थियो ।