आइतवार, जेष्ठ ६, २०८१

एक वर्षको अन्तरालपछि आज कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं साउन २,

नेपाली कांग्रेसको एक वर्षको अन्तरालपछि केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ। प्रत्येक दुई–दुई महिनामा केन्द्रीय समितिको बैठक बस्नु पर्ने कांग्रेसको विधानत व्यवस्थाभएपनि लामो समयपछि आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो ।

केन्द्रीय समिति बैठकका लागि सोमबार सभापति शेरबहादुर देउवाको धुम्बाराहीस्थित निवासमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले  बैठक प्रयोजनका लागि १० बुँदे मुख्य एजेन्डा समेत तय गरेका छन ।

तय गरिएका १० बुँदे एजेन्डा अन्र्तगत समसामयिक राजनीतिक विषयसंगै आर्थिक, सामाजिक, परराष्ट्र शासन र सुशासनका सन्दर्भमा बैठक केन्द्रित रहने बताइएको छ । त्यसैगरी सांगठनिक कार्ययोजना र कार्यतालिकासमेत बैठकमा एजेन्डाको रुपमा प्रस्तुत हुने पाटीृ महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिनुभएकोछ ।

त्यस्तै आजको बैठकमा केन्द्रीय कार्यसम्पादन समितिको बैठकका निर्णय अनुमोदनसंगै निर्वाचन परिचालन समिति २०७९ का संयोजक गोपालमान श्रेष्ठले तयार पारेको प्रतिवेदन, अनुशासनसम्बन्धी प्रतिवेदन बैठक समेत बैठकमा प्रस्तुत हुने जानकारी दिदै महामन्त्री शर्माले बैठकले नीति अधिवेशनको मिति समेत तय गरिने बताउनुभयो । त्यस्तै संभवत आज बस्ने काँग्रेस केन्द्रीय समिति बैठकको प्रत्यक्ष प्रशारण समेत हुन सक्ने महामन्त्री शर्माले जानकारी दिनुभयो ।

बैठक प्रत्यक्ष प्रसारण गर्ने विषयमा छलफल भए पनि नितिगत निर्णय भने भइनसकेको उहाँको भनाइ रहेको छ ।