सोमवार, जेष्ठ ७, २०८१

ललिता निवास प्रकरणका १७ आरोपीलाई थप ५ दिन थुनामा राख्न अदालतको अनुमति

धरौटी बुझाएर रिहा भएलगत्तै तुलाधर पक्राउ

काठमाडौं असार ३१,
काठमाडौं जिल्ला अदालतले ललिता निवास प्रकरणमा पक्राउ परेकाहरुलाई थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । केन्द्रीय अनुसन्धान ब्युरोले प्रस्तुत प्रकरणमा भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङसहित १७ जनालाई पक्राउ गर्दै पक्राउ परेका अभियुक्त उपर सरकारी कागज किर्तेसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ ।

यसैवीच सीआईबीले भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङसँग जग्गा लिएको आरोपमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका केशवबहादुर तुलाधरलाई पक्राउ गरेको छ ।

 नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका तुलाधरले आइतबार १५ लाख धरौटी बुझाएर रिहा भएलगत्तै प्रहरीले उनलाइ ललितानिवास जग्गा प्रकरणमा प्रक्राउ गरेको हो । तुलाधरले २०६१ सालमै २ रोपनी जग्गा लिएको अनुसन्धानको क्रममा खुलेको प्रहरीको भनाइ रहेको छ। तुलाधरको पक्राउसंगै प्रस्तुत प्रकरणमा पक्राउ पर्नेको संख्या १८ पुगेको छ ।